राष्ट्र बैंकले १२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

  २०७९ असोज ९ गते ११:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ गरी कूल १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । आइतबार ३ बजे दुवै ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.