यी दुई सहकारीले भने : छिट्टै कर्जा नतिरे कारवाही गर्छौं, धितोका रुपमा राखेको जग्गालाई लिलाम गर्छौं

  २०७९ असोज ९ गते ११:२७     विकासन्युज

काठमाडौं । ललितपुरको गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी र कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले ३५ दिनभित्र कर्जा नतिरे कारवाही गर्ने सूचना सार्वजनिक गरेका छन् । यस सहकारीले आइतबार एक सूचना जारी गर्दै कर्जा तिर्न ताकेता गरेको हो ।

कर्जाको समय अबधी समाप्त हुदा समेत तिर्नु बुझाउनु पर्ने साबा तथा व्याज समेत नतिरी नबुझाई संस्थासंग गरेको कर्जा सम्बन्धी कबुलियतको शर्त उल्लंघन गरेको र ऋणी तथा जमानीकर्ताहरुलाई पटक–पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत तिर्नु पर्ने कर्जाको सांबा व्याज लगायतका रकमहरु बुझाउने तर्फ कुनै चासो पहल नगरेको हुनाले निजहरुका नाममा यस संस्थामा रहेका सम्पूर्ण का बुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको छ ।

सहकारीले अन्यथा ऋणी र संस्थाबीच भए गरेका शर्त सम्झौता, सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७१, संस्थाको विनियम साथै संस्थाको कर्जा लगानी तथा असुली नीति, २०७३ र अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबैलाई कालोसूचीमा नाम समावेश गर्न लैगि पठाई वाणीहरु तथा व्यक्तिगत जमानीकर्ताहरुले धितो सुरक्षण स्वरुप संस्थालाई लेवि दिएको चल अचल सम्पत्ति जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्री गरी वा अन्य प्रकृया अपनाई संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गर्ने तर्फ आवश्यक कानुनी कारबाही अगाडी बढाइने बताइएको छ ।

साथै धितो सुरक्षणको लिलाम विक्री हुन नसकी संस्थाले धितो सकारेमा वा लिलाम बिक्रीबाट संस्थाको सम्पूर्ण बक्यौता असुल उपर नभएमा असुल उपर हुन नसकेको रकमको हदसम्म कानून बमोजिम ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरुको घरघरानाबाट असुल उपर गर्ने प्रकृया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.