सेयर लगानीकर्ताले गुमाए ५ लाख करोड

  २०७९ असोज ७ गते १८:३०     विकासन्युज

काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार पनि घट्दा लगानीकर्ताले अर्बौं गुमाउनु परेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर बढाउने घोषणा र त्यसपछि डलरको तुलनामा पैसाको भाउमा ऐतिहासिक गिरावट आएपछि भारतीय सेयर बजारमा हंगामा मच्चिएको छ । जसको असर सेयर बजारका लगानीकर्ताले व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन भारतीय बजारका लगानीकर्ताले ५ लाख करोड रुपैयाँ गुमाएका छन् ।

बिहीबार भारतीय सेयर बजार बन्द हुँदा मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण २८१.७० लाख करोड रुपैयाँ नजिक थियो । जुन शुक्रबार घटेर २७६.६५ लाख करोड रुपैयाँमा झरेको छ । फेडले ब्याजदर बढाए पनि भविष्यमा अझै बढाउने सङ्केत दिएको छ जसका कारण विदेशी लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् ।

रिजर्व बैंक अफ इण्डियाको मौद्रिक नीति समितिको बैठक सेप्टेम्बर २८–३० मा बस्दैछ । अगष्ट महिनामा खुद्रा मुद्रास्फीति फेरि ७ प्रतिशतको नजिक पुगेको छ । त्यसपछि फेरि आरबीआईले रेपो दर बढाउने अड्कलबाजी गरिरहेको छ । भारतीय अर्थतन्त्र पनि अहिले नकारात्मक अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.