मुटु दिवसको अवसरमा नर्भिकमा एक महिना हेल्थ प्याकेजमा छुट

  २०७९ असोज ६ गते १६:२६     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ ।

अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे९विश्व मुटु दिवस०को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । अस्पतालको अनुसार छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले यो छुट पाउने छन् ।

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसी लगायतका जाँचहरु रहेको छ ।

यसपटकको विश्व मुटु दिवस ‘यूज हर्ट फर एभ्री हर्ट’को थिममा विश्वभर मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.