२०७९ असोज ५ गते १३:२७ विकासन्युज
काठमाडाै । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् ।
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् ।
रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार दुई सय ७५, नेपालीका लागि पाँच हजार दुई सय ८० रुपैयाँ र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति सात हजार ५० रुपैयाँ भाडादर लागू हुने बताइएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.