ग्रेटवाल मोटरको ‘हाभल जोलायन’ले प्रतिष्ठित एनक्याप सेफ्टी रेटिङमा पायो फाइभ–स्टार

  २०७९ असोज ५ गते १२:०१     विकासन्युज

काठमाडौं । जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) ले सेफ्टी रेटिङमा ५ स्टार दिएकाे छ ।

यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोक्किँदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।

एनक्याप सेफ्टी रेटिङ एनक्याप को २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको एनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले बताएका छन् ।

थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्याननले पहिले नै एनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेकाे छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.