अब पैसा जम्मा गर्न बैंक धाउनै नपर्ने, मेशिनबाटै खातामा जम्मा गर्न सकिने

  २०७९ असोज ५ गते ९:४१     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले पाँच सय र एक हजार रुपैयाँ दरका एक लाख रुपैयाँभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा नक्सालमा रहेको सानिमा बैंकको केन्द्रिय कार्यालयबाट प्राप्त हुनेछ । बैंकको हाल १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.