एनआईसीले १३ अर्बले निक्षेप बढाउँदा प्रभुको १३ अर्बले घट्यो, कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट आक्रमक

  २०७९ असोज ४ गते १७:०४     विकासन्युज

काठमाडौं । दुई महिनामा बैंकहरुको निक्षेप औषतमा ५५ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । गत असारको तुलनामा भदौसम्ममा २६ वटा वाणिज्य बैंकहरुको निक्षेप रकम सो मात्राले घटेर ४४ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको हो ।

सञ्चालित बैंकहरुमध्ये प्रभु बैंकको निक्षेप सबैभन्दा बढीले घटेको छ । गत असारमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप रकम भदौसम्ममा घटेर १ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । जुन असारको तुलनामा आधारमा १४ अर्ब रुपैयाँले घटी हो । त्यस्तै, एनसीसी बैंकको निक्षेप संकलन पनि घटेर १३ अर्ब ४ करोड रुपैयाँले घटेको छ । गत असारमा बैंकहरुमा यस्तो रकम १ खर्ब ४१ अर्ब रुपैयाँ थियो भने गत भदौमा घटेर १ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकहरुमा निक्षेप घटेनि कर्जा लगानी गर्नेको संख्या भने बढेको छ । एनबीएका अनुसार कर्जा लगानी १५ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । गत असारमा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौमा ४१ खर्ब ९० अर्ब रुपैयाँ गरेका छन् ।

२६ कम्पनीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी कर्जा लगानी बढेको छ । गत असारमा १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा बढाएर १ खर्ब ७४ अर्ब रुपैयाँ पुर्याएको छ । जुन ६ अर्ब रुपैयाँले बढी हो ।

त्यस्तै, एनसीसी बैंकले सबैभन्दा बढी रकमको कर्जा लगानी घटाएको छ । गत असारमा १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले भदौमा जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ गरेको छ । जुन दुई महिनामै ८ अर्ब ४७ करोड रुपैयाँले घटी हो ।

कुनको कतिले घट्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.