सातामै ४१ अर्बले बढ्यो बैंकहरुमा निक्षेप

  २०७९ असोज ४ गते १६:१९     विकासन्युज

काठमाडौं । पछिल्लो एक सातामा बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो ।

भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ ३१ गतेसम्ममा बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । जुन साउनको तुलनामा ५३ अर्ब रुपैयाँले बढी हो । साउनको अन्तिम सातामा बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो ।

त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि बढेको छ । अघिल्लो साता ४१ खर्ब ८८ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी एक सातामा २ अर्बले बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

साउनको अन्तिम साता भने बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन भदौको अन्तिम साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.