सर्वाधिक प्रिमियम संकलन गरेका ६ जनालाई सूर्या लाइफको सम्मान, ४६ जनाले पाए ट्रफी

  २०७९ असोज ४ गते १३:५९     विकासन्युज

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा  १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।

चितवनको सौराहामा असोज १ गतेदेखि २ गतेसम्म भएको उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सीईओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए ।

त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता, कमलप्रसाद घिमिरे र भक्त बहादुर राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए ।

त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो ।

उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरिएको थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.