सुर्खेतमा टीभीएसको ३५ जना राइडरका साथमा एओजी राइड सम्पन्न 

  २०७९ असोज २ गते १७:३९     विकासन्युज

काठमाडौं । टीभीएसले सुर्खेत जिल्लामा “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको सम्पन्न गरेको छ । असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडर सहभागि थिए ।

कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा निकै खुशी लागेकाे बताएका थिए ।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.