८ कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान

  २०७९ असोज २ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म विभिन्न ८ वटा कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । सेबोनले ग्लोबल इक्विटी फण्ड, अवसर इक्विटी, एनआईसी एशिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआईविएल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रभु क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो ।

नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ को व्यवस्था अनुरुप बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने कार्यका लागि ८ वटा संस्थालाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो ।

अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरु यसअघि बोर्डबाट धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेका संस्थाहरु रहेको बोर्डले जनाएको छ । यी संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान भएसँगै धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य क्षेत्र समेत विस्तार भएको बोर्डको दाबी छ ।

यसले विना धितो साना तथा मझौला संस्थाहरुको पहुँच बढ्न गई नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.