जबराले ११ बजे सर्वोच्च अदालतमा पुग्छु भनेपछि प्रहरी परिचालन

  २०७९ असोज २ गते १०:५४     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालत प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार ११ बजे सर्वोच्च अदालतमा पुग्छु भनेपछि उनलाई रोक्न प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

शनिबार संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.