टारो मोटरसाइकल तथा स्कुटरको शोरुम इटहरीमा विस्तार

  २०७९ असोज १ गते १५:०८     विकासन्युज

काठमाडौं । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा तथा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका बीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरेका थिए ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्राण्ड मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो ।

रेस इडिशनमा निर्मित टारोका वाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका जिपि २ २००, जिपि १ २५० र जिपि १ ४०० सिसि गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सिसिका दुई मोडल इमोला १५० र एलेक्स टि ९ १५० ग्राहकको लागी उपलब्ध गराएको छ ।

यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सिबिएस ब्रेकिङ, कि लेस इगिनेसन, इएफआई, अन्डर सिट एक्ज्याउस्ट, टिएफटि डिस्प्ले, एरोडाइनामिकल्ली बुल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना रहेको बताएको छ ।

दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० को खरिदमा १५,०००, जिपि २ २०० को खरिदमा ३०,००० र जिपि १ २५० को खरिदमा २०,००० छुटको अफर लागू हुने कम्पनीले जनाएको छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने जनाइएको छ ।

One comment on "टारो मोटरसाइकल तथा स्कुटरको शोरुम इटहरीमा विस्तार"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.