परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यक – प्रधानमन्त्री देउवा

  २०७९ असोज १ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले सरकार विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि प्रयत्नरत रहेको बताए ।

उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागि आह्वान गरे । उनले विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रा विशिष्ट परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति, वैज्ञानिक आधुनिकीकरणका साथै समाजको परिवर्तन गरी अघि बढ्न आवश्यक छ । विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि लगानी वृद्धि गरी प्राज्ञ, वैज्ञानिक विद्यार्थी र अनुसन्धानकर्तालाई राष्ट्रको समग्र विकासमा लागिपर्ने व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । यस क्षेत्रमा सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा निजी तथा गैरसरकारी संस्थाको सहयोग र सहकार्यका लागिसमेत आह्वान गर्न चाहन्छु । विज्ञान तथा प्रविधिको विकास तथा बिस्तारमा नीतिगत कानूनी तथा संस्थागत व्यवस्थालाई सुदृढ गरी स्वदेशी तथा विदेशी लगानी संरक्षण गर्न प्रतिवद्ध छौँ । देशमा बढी भन्दा बढी वैज्ञानिक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारले जोड दिँदै आएको छ ।’

प्रधानमन्त्री देउवाले राष्ट्रिय विज्ञान दिवसले देशमा विज्ञान र प्रविधिको क्षेत्रलाई बिस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.