तनहुँमा पशुपन्छी बीमामा किसानलाई अनुदान

  २०७९ भदौ ३१ गते १६:२१     विकासन्युज

तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ ।

कार्यालयले एक लाख ३५ हजार रुपैयाँ छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार रुपैयाँ अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२ रुपैयाँ, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् ।

तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क ४५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा गरिदिएको छ । ‘पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।’

त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत ४१ लाख ४१ हजार तीन सय ६५ रुपैयाँ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो ।

कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि दश हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.