ब्याजदर बढ्ने प्रभाव सेयर बजारमा, २३ दिनपछि उच्च कारोबार

  २०७९ भदौ ३० गते १५:१७     विकासन्युज

काठमाडौं । सेयर बजार भारि अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो भएसँगै बढ्न सक्ने भएकाले यसको प्रभाव सेयर बजारमा परेको हो । यसअघि दुई दिन दोहोरो अंकले बढेको सेयर बजारमा ब्याजदर बढ्ने भएपछि पूँजी बजारमा पुनः राताम्य छाउन थालेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । ब्याजदर बढ्ने संकेत पाएका लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा कारोबार रकम बढेको जानकारहरु बताउँछन् ।

बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ दिनपछि कारोबार रकम धेरै भएको यसअघि साउन २४ गतेका दिन नेप्सेमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.