सिप्रदी अटोपार्ट्सहरु एउटा किन्दा अर्को नि:शुल्क

  २०७९ भदौ ३० गते १४:४५     विकासन्युज

काठमाडाैं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने कम्पनी बताउँछ ।

यस अफर अन्तर्गत ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल नि:शुल्क पाउनेछन् ।

यसैगरी, क्लच प्लेट तथा प्रेसर प्लेटको सेट,  ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक बाेध प्रसाद तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.