असोज १ गतेदेखि काठमाडौंको सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

  २०७९ भदौ ३० गते १०:३९     विकासन्युज

काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धुम्रपान गर्ने नपाइने भएको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार नियम पालन नगरे महानगरले कारवाही गर्ने पनि बताएको छ ।

यसअघि ललितपुर महानगरले सार्वजनिक स्थानमा धुम्रपान गर्ने निषेध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.