लेभ्निङ इलेक्ट्रिक स्कुटर अफर : दुई पटक एसएमएस गर्दा ५ लाखसम्म छुट पाइने

  २०७९ भदौ २९ गते १३:२५     विकासन्युज

काठमाडौं । बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । ुलेभलिंग को सफर दशैँ तिहारमा डबल अफरु भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट पाउन सकिनेछ ।

यस योजना अन्तर्गत सबैभन्दा पहिला घरमै बसेर एसएमएस मात्र गरी १ लाखसम्म छुट त्यसपछि शोरुम गएर त्यहाँ पाएको कोड एसएमएस गरेर ७ हजारदेखि ५ लाखसम्मको नगद छुट पाउन सकिनेछ ।

यसका साथै, ग्राहकले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्नुको साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सक्नेछन् ।

लेभ्निङ ब्रान्डको स्कुटर जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको बनाइएको स्कुटर हो । यसले फुल चार्जमा राम्रो माइलेज दिने कम्पनी बताउँछ ।

नेपाली बजारमा लेभ्लिंगको एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.