मौद्रिक नीतिपछि बैंकहरुले ५ प्रतिशतले घटाए सेयर धितो कर्जा, २२ बैंकले घटाउँदा ३ बैंकले बढाए

  २०७९ भदौ २७ गते २०:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिना सम्ममा बैंकहरुले कुल ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले साउन महिनामा असारको तुलनामा ५ प्रतिशतले सेयर धितो कर्जा कम लगानी गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गरेको छ । नबिल बैंकले ६ अर्ब ९९ कराेड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ४९ कराेड रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४९ कराेड रुपैयाँ, चौथोमा नेपाल बैंकले ४ अर्ब ३ कराेड रुपैयाँ र पाचौंमा सिटिजन्स बैंले ३ अर्ब  ८६ कराेड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

सबैभन्दा कम नेपाल एसबिआई बैंकले ३ कराेड रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन ।

एक महिनाको अवधिमा ३ वटा बैंकले सेयर धितो कर्जा बढाएका छन् भने २२ वटा बैंकले भने घटाएका छन् । माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंकले असारको तुलनामा साउनमा सेयर धितो कर्जा बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केही खुकुलो नीतिकाे व्यवस्था गरेकाे थियाे । यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै लागू गरेको थियो । साे पछि पनि बैंकहरुले सेयरधिताे कर्जा कम लगानी गरेका हुन् । तरलता अभाव भइरहेकाे बेला बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.