अबको ५ वर्षमा विद्युतिय गाडीको बजार ५० प्रतिशत बढी हुनेछ : ध्रुव थापा

  २०७९ भदौ २७ गते १३:०४     विकासन्युज

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले अबको ५ वर्षमा विद्युतिय गाडी( इभी)को बजार ५० प्रतिशत बढी हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नाडाको इभी एक्स्पो बारे जानकारी दिन गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले इभी प्रति मानिसहरुको चाँसो बढ्दै गएको बताए । यस्तै, उनले विभिन्न कारण इभीको डिमान्ड अनुसार बजारमा सप्लाइ गर्ने नसकेको पनि बताएका छन् ।

नाडाले नेपालमै पहिलोपटक असोज ६ देखि ९ गतेसम्म विद्युतिय गाडीको प्रदर्शनी गर्दैछ । यसअघि नाडा अटो शो गर्दै आएको यस संस्थाले सरकारले प्यासेन्जर भेहिकलमा प्रतिबन्ध लगाएपछि इभी एक्सपो गर्न लागेका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.