समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

  २०७९ भदौ २७ गते १२:००     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ । बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले साेमबार उक्त शाखाकाे उद्घाटन गरेका हुन् ।

शाखा कार्यलयकाे उद्घाटन कार्यक्रममा फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी, बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धरको उपस्थिति रहेको थियो ।

फाइनानसले छिटै नै आठौं शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धक अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

समृद्धि फाइनान्सले मुद्धति हाल निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.