बाबा रामदेबको पतञ्जली आयुर्वेदले पनि आईपीओ ल्याउने, अन्य चार कम्पनीले पनि तयारी गर्दै

  २०७९ भदौ २६ गते १९:०६     विकासन्युज

नयाँदिल्ली । पतञ्जली आयुर्वेदले पनि छिट्टै आईपीओ सार्वजनिक गर्ने भएको छ । योग गुरु बाबा रामदेवले छिट्टै आईपीओर जारी गर्ने बताएका छन् । योगगुरु बाबा रामदेवद्वारा सञ्चालित पतञ्जली फुड्सकाे भारतमा सेयर  मूल्य १३८० रुपैयाँमा छ ।

यसरी कम्पनीको मार्केट क्याप ५० हजार करोड नाघेको छ । रामदेवले पतञ्जली फुड्सलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । उनले यस कम्पनीको विस्तार योजनाका बारेमा पनि छलफल गरेका छन् । ‘बजारबाट पैसा कमाउनु फरक कुरा हो, तर हाम्रो ध्यान पतञ्जली फुड्सलाई ऋणमुक्त कम्पनी बनाउने हो, डिसेम्बर २०२२ सम्म ६ प्रतिशत लिक्विडेट गर्न कम्पनी जुटिसकेको पनि उनले बताएका छन् ।

कम्पनीले १५ लाख एकडभन्दा बढी जग्गामा पाम खेती गर्ने योजना बनाएको छ । यससँगै कम्पनीले ५ देखि ७ वर्षमा वार्षिक करिब २ हजार करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको छ । पाम रूखले ४०वर्षसम्म नाफा दिनेछ । यससँगै देश पाम आयलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने जनाएको छ । देशको तीन लाख करोड रुपैयाँ बचत हुने विश्वास कम्पनीको छ ।

बाबा रामदेवले कम्तीमा ४ कम्पनीले आईपीओ ल्याउने योजना बनाएको बताएका छन् । यो आईपीओ योजनामा पतञ्जली आयुर्वेद, पतञ्जली वेलनेस, पतञ्जली मेडिसिनलगायत पतञ्जलीका अन्य कम्पनीहरू समावेश गर्न सकिनेछ । आगामी वर्षहरुमा आईपीओ ल्याउने कम्पनाीको तयारी छ ।

अहिले भारतीय सेयर बजारमा पतञ्जली फुड्सको स्टक किनबेच भइरहेको छ । सेयरको मूल्य ५२ हप्ताकै उच्च विन्दुमा पुगेको छ । शेयरको मूल्य १३८०.३५ रुपैयाँमा कारोबार भइरहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.