बेनेलीको दशैं अफर : बाइक किन्नुभन्दा अघि र पछि एक-एक लाख रुपैयाँसम्म जित्ने मौका

  २०७९ भदौ २५ गते १०:३१     विकासन्युज

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

कम्पनीको अनुसार अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयाचेग गर्न सक्नेछन् ।

यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउनेछन् ।

कम्पनीको अनुसार उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ७ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.