जीवनभर प्राथमिक उपचारका सीप सिकौं

  २०७९ भदौ २५ गते ९:४३     सूर्य प्रसाद ढकाल

सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइदै आएको छ । सन् २००० देखी रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइ एफ आर सिं) को आवहानमा विश्व प्राथमिक उपचार दिवस मनाउन थालिएको हो । सन् १८५९, जुन २४ मा यूवा व्यापारी जाँ हेनरी ड्यूनाले इटालीको सल्फेरिनोमा भएको यूद्धमा घाइतेहरूलाई पू¥याको सेवा, सुसार र प्राथमिक उपचार कार्य वाट प्रभावित भए पश्र्चात रेडक्रस अभियानको सुरुआत भएको छ । त्यस घटनाको उद्धार सकेपछी ड्यूनाले १८६२ मा सल्फेरिनोको स्मृती पुस्तक प्रकाशन गर्नु भयो । उक्त पुस्तकको प्रस्ताव र ड्यूनाको प्रयास स्वरूप १८६३ को एउटा भेलाले घाइते सैनिकहरूको उद्धारको लागि अन्तराष्ट्रिय स्वतन्त्र संस्थाको जन्म भयो । यस संस्थालाई पछि रेडक्रस भनिन थाल्यो । रेडक्रसले सबै प्रकारका मानविय विपदमा राहत, उद्धार गर्ने, मानविय सहायता गर्ने, प्राथमिक उपचार सेवा लगायतका कार्य गर्न जेनेभा महासन्धी, अतिरिक्त प्रोटोकलहरूका साथ घटना स्थल, तथा आवस्यक स्थानमा ससक्तरूपमा उपस्थीत गराउँदै आएको छ ।

नेपाल रेडक्रस सोसाइटीको स्थापना सन् १९६३ अर्थात वि।सं २०२० भाद्र १९ मा भयो । सोसाइटीको स्थापना भएको ६० वर्ष पुग्दै गरेको अवस्थामा स्थापना काल देखी नै प्राथमिक उपचार सेवा तथा प्राथमिक उपचारका गतिविधीहरूलाई नियमितरूपमा संचालन गर्दै आएको छ । विद्यालयमा गठीत जुनियर यूवा रेडक्रस स्वयम् सेवकहरू, शिक्षक नायकहरू, उपशाखा रेडक्रसका स्वयम् सेवकहरू, समुदायका स्वयम् सेवकहरूका अलावा विभिन्न संघ संस्था, व्यवसायीक फर्म, सरकारी तथा गैह्सरकारी निकायमा प्राथमिक उपचारका आधारभुत तालीम तथा आवस्यकता अनुसारका प्राथमिक उपचार तालीम संचालन गर्दै आएको छ । यसरी तयार भएका स्वयम् सेवक मार्फत नेपाल रेडक्रस सोसाईटीले समुदायका विभिन्न दुर्घटना, सडक दुर्घटनाका समयमा, विद्यालयका विदार्थीहरूलाई हुने दुर्घटना र स्वास्थ्य समस्यामा, खेल कुदहरूको समयमा, विभिन्न द्वन्द र आन्दोलन तथा झडपको समयमा प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो समय २०६२र२०६३ को आन्दोलन तथा त्यस पछिका मधेस आन्दोलन लगायत विभिन्न अवस्थामा प्राथमिक उपचार सेवा प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीका तालीम प्राप्त प्राथमिक उपचार स्वयम् सेवकहरूको कारण घरेलु काम काज, पदयात्रा, अफिस समयमा पनी सहयोग पुग्ने गरेको छ । प्राथमिक उपचर सेवाको महत्व विकसीत र सम्पन्न देशमा पनि छ भने नेपाल जस्तो पहाडी भुवनोट, सहज यातायातको सुविधा नभएका र प्रयाप्त स्वास्थ्य सेवाको अभावका बाबजुद अरु महत्वपूर्ण छ । त्यसैले प्राथमिक उपचारको ज्ञान सिप र अवधारण घर घर सम्म पुग्न पदर्छ, टोल टोल सम्म पुग्नु पर्दछ, कार्य स्थलका हरेक ठाँउमा पुग्नु पर्दछ । जसका कारण हामी कोही दुर्धटनामा पर्दा तुरुन्त सहयोग पु¥याउन सक्दछौं, बिरामी हुँदा हेरचाह र स्याहर सुसार गर्न सक्दछौं ।

नेपालमा विद्यालयतहको पाठ्यक्रमा प्राथमिक उपचार सम्बन्धी विषय बस्तु प्रयाप्त छैन । त्यस पश्चात स्वास्थ्य क्षेत्रका विद्यार्थीले मात्र थप स्वास्थ्य सम्बन्धी ज्ञान सिप हासील गर्दछन् । उनीहरूमा पनि आधारभूत तहको प्राथमिक उपचार सम्बन्धी ज्ञान सिप प्रर्याप्त दिइँदैन । अर्को पक्ष सिकाइको तरिका र विधी, सिक्ने व्यक्तीको चासोको अभावमा त्यो ज्ञान कमी हुनसक्दछ । अनि लामो समयपछी व्यवहारीक प्रयोग र बारम्बारको अभ्यासको कमीका कारण प्राथमिक उपचारको ज्ञान सिप र अवधारणमा कमी हुन्छ । त्यसको कारण प्राथमिक उपचारको ज्ञान सिप व्यापक बनाउनु आवश्यक छ । रेडक्रसले पनी प्रयाप्त स्रोत साधनको अभावमा प्राथमिक उपचारका तालिम पूर्नताजकी तालीम आवस्यकता र भागको आधारमा पू¥याउन सकेको छैन । त्यस्तै हरेक व्यक्तिले आफुलाई प्राथमिक उपचारको ज्ञान सिप र अवधारणको आवश्यकता महसुस गराई समस्या परेपछि मात्र बुझने गर्दछ । त्यसैले प्राथमिक उपचारको महत्व र आवस्यकता राज्यले साथै सबै संघ संस्था र निकायबाट व्यापक बनाउने गर्नु पर्दछ ।

स्वास्थ्यको क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ अनुसन्धानका कारण प्राथमिक उपचारका ज्ञान सिप र अवधारणमा पनी परिमार्जन हुदै गइरहेको छ । एकातिर प्राथमिक उपचार सम्बन्धी विषयवस्तु सबैले सिक्नु पर्ने सरोकारको विषय हो भने अर्को तिर जीवनभर आफुलाई आवश्यक पर्ने भएकोले जीवनभर सिकाईको विषयको हो । त्यसैका कारण प्राथमिक उपचार दिवसको यस वर्षको नार “जीवनभर प्राथमिक उपचारका सीप सिकौं लाइफ लङ फर्स्ट ऐड” भन्ने मुल सन्देश यस वर्ष तय गरिएको छ । सन् २०२२ सेप्टेम्बर महिनाको दोस्रो शनिबार १० सेप्टेम्बर अर्थात २०७९ माद्र २५ का दिन विश्व प्राथमिक उपचार दिवस विश्व समुदायका साथ नेपालमा पनी व्यापक रूपमा मनाइदै छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय तह, ७ वदै प्रदेशहरू ७७ वदै जिल्ला शाखाहरू उपशाखा र जुनियर यूवा सर्कलहरू मर्फत पनि कुनैन कुनै गतिविधीका साथ यो दिवस मनाइदै छ । जसका कारण प्राथमिक उपचारको ज्ञान सिपको प्रवद्र्धन हुने छ । अनी प्राथमिक उपचारको आवस्यकता र महत्वको अरु बढवा हुने छ ।

नेपालमा प्राथमिक उपचार सेवाको सर्वसाधारणमा पहुँच बढाउनु आवश्यक छ । यसको लागि नेपाल रेडक्रस सोसाइटीको सम्पूर्ण उर्जा शक्तीको प्रयोग गरेको छ । यसको अलावा सरकारको तथा अन्य साझेदारहरू, यस क्षेत्रमा कार्यरत संघ–संस्थाहरूको पनी पहलको थप आवस्यकता छ । स्वास्थ्य संस्थाबाट उपचार प्राप्त गुर्न भन्दा पहिला समुदायमा आवस्यक सेवा समुदायबाटै प्राप्त हुनु पर्दछ । त्यसैगरी सबै आपतकालीन अवस्थामा घर वा कार्यस्थलमा आफ्नो र सहकर्मीहरू, आफन्तहरूको हेरचाह गर्न तथा प्राथमिक उपचार सेवा पुर्याउनु सक्ने क्षमता राख्नु ज्यादै उपयोगी हुन्छ । तर्सथ तपाईं हामीले प्राथमिक उपचारका ज्ञान सिप र अवधारण सिकेका छैनौ भने सिक्नु आवश्यक छ । अनि बिसर्नु भएको छ भने पुर्नताजकी गर्नु आवश्यक छ । एउटा घाइते वा बिरामीलाई समस्यामा परेको बेला चरणबद्ध गर्ने सेवा सुसारका तौर तरिकाहरूको ज्ञान सिप हुँदा हामी सहयोग गर्न र लिन सक्दछौ ।

नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय प्राथमिक उपचार पाठ्यक्रमको समेत अनुकुलन हुने गरी स्वास्थ्य मन्त्रालयको समेत स्वीकृतीमा प्राथमिक उपचार तालीमका पाठ्यक्रमहरू तयार गरेको छ । नेपालको ग्रामिणि तथा सहरी क्षेत्र, पहाडी तथा तराईको भुवनोटको समेत मन्ध्यनजरगरी प्राथमिक उपचार कार्यक्रम सबै उमेर, लिङ्ग, सङकटासन्न समुदाय, सीमान्तकृत समुदाय सम्म समानुकृत रूपमा लिएर गरिरहेको छ । स्रोत र साधनको उपलब्धताका आधारमा घरघरमा प्राथमिक उपचारको अभियानका साथ सोसाइटी अगाडी बढी रहेको छ । हालसम्म नेपाल रेडक्रस सोसाइटीका मुलकमा १२५० जना प्रशिक्षक र २४ हजार जना प्राथमिक उपचार स्वयम् सेवकका साथ सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल रेडक्रसले ७ वटै प्रदेश र ७७ जिल्ला शाखाहरू प्राथमिक उपचारको आधाररभुत तालिम संचालन गर्ने क्षमता समेत रहेको छ ।

लेखक नेपाल रेडक्रस सोसाइटी केन्द्रिय प्राथमिक उपचार प्रशिक्षक एव सोसाइटीको गण्डकी प्रदेश अध्यक्ष हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.