बेलायती महारानी एलिजाबेथको निधन

  २०७९ भदौ २४ गते ८:२३     विकासन्युज

ऐजेन्सी । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन् ।

वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको सामु पुगेका थिए। उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स अब स्वतः राजा भएका छन् । उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ ।

दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.