श्रीलङ्काद्वारा बाढी प्रभावित पाकिस्तानलाई चिया सहयोग

  २०७९ भदौ २२ गते २२:२५     विकासन्युज

एजेन्सी । श्रीलङ्का सरकारले पाकिस्तानलाई चिया सहयोग गर्नेभएको छ । हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलङ्काको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।

विदेशमन्त्री अली साबरीले श्रीलङ्काका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।

यसै साताको सुरुमा श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले आफ्नो देशले पाकिस्तानलाई कुनै न कुनै रूपमा सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.