सन्दीपलाई क्याप्टेनबाट हटाउने तयारी

  २०७९ भदौ २२ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । मंगलबार एक किशोरीले सन्दीपविरुद्ध  बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।

क्यानले प्रहरी अनुसन्धानमा सहयोग गर्न सन्दीपलाई निलम्बन गर्ने तयारी गरेकाे श्राेतले बताएकाे छ ।

क्यारेबियन क्रिकेट लिग खेल्नका लागि सन्दीप अहिले वेस्ट इन्डिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.