कर्मचारी सञ्चय कोषसहित १७ ठूला कम्पनीलाई महानगरले काट्यो पत्र, कर बुझाउन निर्देशन

  २०७९ भदौ २१ गते १७:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालित १७ वटा कम्पनी तथा संस्थानलाई १० दिनभित्र कर तिर्न पत्र पठाएको छ । महानगरले मंगलबार १७ वटा कम्पनी तथा संस्थानलाई पत्र पठाउँदै १० दिनभित्र सम्पत्ति कर तिर्न ताकेता गरेको हो ।

महानगरले कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण लगायतका विभिन्न कम्पनीलाई सम्पत्ति कर बुझाउन पत्र काटेको हो ।

जसमा खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर बि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेन्टल कलेज रहेका छन् ।

महानगरका अनुसार यी कम्पनीले भदौ ३१ गतेभित्र सम्पत्ति कर बुझाउनु पर्ने छ । सो अवधिमा कर नबुझाए कारवाही गरिने चेतावनी दिएको छ ।

One comment on "कर्मचारी सञ्चय कोषसहित १७ ठूला कम्पनीलाई महानगरले काट्यो पत्र, कर बुझाउन निर्देशन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.