नेप्से परिसूचक ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्यो

  २०७९ भदौ २० गते १६:०४     विकासन्युज

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।

सोमवार नेप्सका १३ उपसमूह मध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ ।

सोमवार नेप्से सामान्य अंकले घटेपनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.