थुनामा रहेको सुरक्षागार्डलाई रविले भने : धन्यवाद

  २०७९ भदौ २० गते १३:५६     विकासन्युज

काठमाडाैं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुभन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । साेमबार अध्यक्ष लामिछानेले सुरक्षागार्ड गुरुङसँग भेटेकाे सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

कानुन सबैकाे लागि बराबर हाे भन्दै आफुले गुरुङलाई भेटेर धन्यवाद दिएकाे उनले बताएका छन् ।

‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानुन सबैलाई बराबर हुन्छ, शेरजंग जी भन्नु हुन्छ,’गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन, मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्, दण्डित होइन पुरस्कृत गरियोस्, नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उनले लेखेका छ्न् ।

ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  लाइनमा बस्न आग्रह गरेपछि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङ आइतबार पक्राउ परेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.