हिमालयन बैंकले फेरि पायो ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस’ अवार्ड

  २०७९ भदौ १९ गते १९:०३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनले आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । अन्य बैंकमध्ये हिमालयन बैंकले मात्रै विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गरेको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस तथा इ कमर्श गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।

बैंकले यहि महिना भित्र डिनर तथा डिस्कभर ब्राण्डको स्वीकार्य थप गरिने जानकारी गराएको छ । हाल बैंकले १५३ वटा एटिएम, ५५०० भन्दा बढि पीओएर तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.