नबिल बैंकका ग्राहकलाई दराजमा सामान किन्दा २५ सय रुपैयाँसम्म छुट

  २०७९ भदौ १९ गते १७:३६     विकासन्युज

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन् ।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए ।

नबिल बैंकको देशभर २३३ शाखाहरु र २६९ एटिएम काउन्टरहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.