कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा १०२ रुपैयाँ क्यासब्याक

  २०७९ भदौ १९ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपाल क्लियरीङ्ग हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ट्विस्ट अफ टु को अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भदाै १९ गतेदेखि असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएकाे छ । कम्पनीले आईतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने र सोको जानकारी हरेक हप्ताको अन्त्य पछि www.connectips.com मा प्रकाशन गरिने जनाएकाे छ ।

ग्राहकले फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फन्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ ।

कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्टआइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा ३९५ अर्ब बराबरको ५२ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छयाैट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.