कक्षा १२ को नतिजा सार्वजनिक, ५१.९ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा

  २०७९ भदौ १७ गते १७:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको छ । जस अनुसार १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डले यसवर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने व्यवस्था लागू गरेको हाे ।

यसवर्ष चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.