मल्ल ग्रुपले नर्भिक अस्पतालमा छालाको उपचारको लागि भित्र्यायो नयाँ प्रविधि

  २०७९ भदौ १६ गते १४:०६     विकासन्युज

काठमाडौं । मल्ल ग्रुप अफ कम्पनिजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा यसको उपचार सुरु गरेको हो ।

डर्माक्लियर धरती मेडिटेकले नर्भिक अस्पतालमा लन्च गरेकाे हो । कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरु भित्राउँदै आएको छ । धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन् ।

‘यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुँदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सक्छ,’ मल्ल ग्रुप अफ कम्पनिजका अध्यक्ष राम शरण मल्लले भने, ‘पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।’

यस उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट बिस्तारै र कुशलतापूर्वक हटाइन्छ जसले छालालाई सफा र ताजा बनाउँदछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ ।

अर्को चरणमा छालाबाट फोहोर, सूक्ष्म प्रदूषक र अशुद्ध तत्वहरुलाई सक्शन उपकरण प्रयोग गरि हटाईन्छ र अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ ।

डर्मा क्लियर छाला सम्बन्धि अन्य विविध उपचारहरुभन्दा अघि हुने पूर्व–उपचारको रूपमा पनि प्रयोग गर्न सकिने मल्लले बताए ।

डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको मल्लले बताए ।  ‘डर्मा क्लियर उपचार सेवा सुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौं,’ मल्लले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.