भारतीय अर्बपति गौतम अडानी बने विश्वको तेस्रो धनी

  २०७९ भदौ १४ गते १३:११     विकासन्युज

एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १३७।४ बिलियन डलर ९करिब ११ लाख करोड रुपैयाँ० को सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो।

अहिले उनी विश्वका धनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा रहेका छन् । विश्वका शीर्ष १० धनीको सूचीमा अडानी एक मात्र भारतीय हुन्। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१।९ बिलियन डलर ९७।३ लाख करोड रुपैयाँ० को कुल सम्पत्तिका साथ ११ नम्बरमा छन्।

गत महिना बिल गेट्सलाई पछि पार्दै अडानी चौथो धनी व्यापारी बन्न सफल भएका थिए । उनले बिल गेट्सलाई पछि पारेका छन् । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०।९ बिलियन डलर थपेका थिए । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । अडानीको कुल सम्पत्ति अप्रिल २०२१ मा ५७ बिलियन डलर थियो ।

१०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । एक वर्ष पहिले, अप्रिल २०२१ मा अडानीको कुल सम्पत्ति छठ बिलियन डलर थियो। सन् २०२१/२२ मा अडानीको सम्पत्ति सबैभन्दा छिटो वृद्धि भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.