मेगा क्यापिटलकाे नारी पोर्टफोलियो सेवामा छुट

  २०७९ भदौ १२ गते १७:१४     विकासन्युज

काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनी मेगा क्यापिटलले नारी पोर्टफोलियो सेवामा छुट अफर ल्याएको छ । कम्पनीले तीजलाई लक्षित गर्दौ यस्तो छुट अफर ल्याएको हो ।

यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको जनाएको छ ।

यस अफर न्युनतम ३ लाख लगानीबाट सुरु गर्न सकिने तथा यसको अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने कम्पनीले जनाएको छ । यो अफर भदौ १२ गते देखी असोज १२ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार यस सेवामा एएमसि पूर्ण रुपमा निशुल्क हुनुको साथै आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि यो सेवा प्रारम्भ गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.