नेपाल पेु क्यूआरमार्फत मासिक १.५ करोडको कारोबार

  २०७९ भदौ १२ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक डेढ करोडको कारोबार भएको छ । गएको असार र साउनमा नेपाल पे क्यूआरमार्फत प्रति महिना १.५ करोड रुपैयाँ हाराहारीमा कारोबार भएको कम्पनीले जनाएको छ ।

विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक मार्फत नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टलाई जोड्ने क्रम जारी छ । हाल विभिन्न बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप, वालेट तथा कनेक्ट आईपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

हालसम्म यसमा ११ ओटा मोबाइल बैंकिङ एप जोडिएका छन् भने नेसनल पेमेन्ट स्वीच अन्तर्गत उक्त सेवा सञ्चालन गर्न ५२ ओटा बैंक तथ वित्तीय संस्था र १३ ओटा भुक्तानी सेवा प्रदायकले सम्झौता गरिसकेको उल्लेख छ । साथै नेपाल पे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले विभिन्न व्यवसायिक संस्थाहरूलाई मर्चेन्टको रुपमा आवद्ध गराउन सक्छन् ।

जसबाट उनीहरूले क्यूआर कोडमार्फत भुक्तानी प्राप्त गर्नसक्ने छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी भुक्तानी प्राप्त गर्न सकिन्छ । साथै ई-कमर्स पोर्टलमा क्यूआर गेट-वे जोडी अथवा एण्ड्रोइड पीओएसमा इन्ट्रिग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गराउन थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.