मोबाइल व्यवसायीका लागि नबिलको गर्यो अन्तक्रिया कार्यक्रम

  २०७९ भदौ १२ गते १०:२३     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, विक्रेता, तथा खुद्रा विक्रेतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रवद्र्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोन को बारेमा छलफल गरेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराएका थिए ।

कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.