प्रभु क्यापिटलका ग्राहकलाई टिथ्रि थकालीमा विशेष छुट

  २०७९ भदौ १२ गते १०:०९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र  टिथ्रि थकाली ग्रुपका बीचमा समझौता भएको छ । क्यापिटल र ग्रुपबीच बुधबार ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपकाबाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेकवाउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.