आईपे रेमिटकाे गीतमा टिकटक बनाई जिताैं २० हजार

  २०७९ भदौ ९ गते १७:५४     विकासन्युज

काठमाडौं । तिजलाई लक्षित गर्दै आईपे रेमिटले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ ।

यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन मोबाइल टपअपमा ५०० रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले १५ हजार र बम्पर पुरस्कारमा १ जान विजेताले २० हजार प्राप्त गर्नेछन् ।

यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरैभन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिन कम्पनीले आग्रह गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । यस योजना भदौ १० गतेदखि असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.