श्रममन्त्री कुँवरले प्रत्येक आइबार प्रत्यक्ष रुपमा उजुरी गनासो सुन्ने

  २०७९ भदौ २ गते १५:५५     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा उजुरी तथा गुनासो सुन्ने भएका छन् । मन्त्रालयले १ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक आइतबार ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममार्फत सरोकारवालासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रेस विज्ञप्तिमा कार्यक्रम प्रत्येक आइतबार बिहान ११ बजेबाट १२ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममा स्वदेशबाट सम्पर्क गर्दा ११४१ र १६६००१५००५ नम्बरमा डायल गरेर निःशुल्क संवाद गर्न सकिने छ । साथै विदेशमा रहेका नेपालीले भने सःशुल्क ००९७–१–५९७००८ मा कल गरेर आफ्नो जानकारी, उजुरी तथा गुनासो राख्न सकिने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस्, प्रेस विज्ञप्ति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.