नेकोले सर्वाधिक कमाउँदा सानिमा जनरलले ९८% ले बढायो नाफा, बीमा कोषमा जनरल एग्रेसिभ

  २०७९ भदौ १ गते १०:३२     विकासन्युज

काठमाडौं । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीले कूल ४ अर्ब ९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा ८.०६ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आवमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा ४ वटा कम्पनीको नाफा घटेको छ । जसमा सगरमाथाको ८.७१, प्रिमियरको ३.५४, लुम्बिनी जनरलको २३.२२ र हिमालयन एभरेष्टको ५९.६१ प्रतिशतले नाफा घटेको छ । बाँकी सबै कम्पनीको अघिल्लो आवको तुलनामा नाफा बढेको देखिन्छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स अगाडि देखिएको छ । नेकोले एक वर्षको अवधिमा ५५ करोड १ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो आवमा ५० करोड ४५ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले एक वर्षमा ९.०३ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, बढी नाफा कमाउनेको दोश्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ३१.४१ प्रतिशतले नाफा बढाएर ४७ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । रकमको आधारमा तेश्रोमा रहेको सगरमाथा अघिल्लो आवको तुलनामा ८.७१ प्रतिशतले घटी हो ।

अधिकांश स्थानमा शीर्ष स्थानमा हुने शिखर इन्स्योरेन्स नाफाको आधारमा चौथो स्थानमा देखिएको छ । अघिल्लो आवको तुलनामा शिखरको नाफा २८.९३ प्रतिशत बढेर ४० करोड १४ लाख रुपैयाँ पुगेको छ ।

प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी एग्रेसिभ सानिमा जनरल देखिएको छ । सानिमा जनरलले एक वर्षको अवधिमा ९८.६४ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवमा ७ करोड २९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको इन्स्योरेन्सले गत आवमा १४ करोड ४९ लाख रुपैयाँ कमाएको छ ।

कुनको कति ? (सूचीसहित)

यससँगै अघिल्लो आवमा सबैभन्दा कम नाफा कमाउनेको सूचीमा परेको सानिमा जनरल अहिले १६ कम्पनीमध्ये ४ वटालाई उछिन्न सफल भएको देखिन्छ । १६ कम्पनीमध्ये सबैभन्दा कम नाफा हिमालयन एभरेष्ट इन्स्योरेन्सको छ । बीमा क्षेत्रमै पहिलो मर्जरमा गई एकीकृत कारोबार गरेको यो कम्पनीले गत असारसम्ममा ७ करोड ५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।

बीमा कोष बढाउन जनरल इन्स्योरेन्स एग्रेशिभ
समीक्षा अवधिमा १६ निर्जीवन बीमा कम्पनीको बीमा कोषको आकार १४ अर्ब २ करोड रुपैयाँ बढी छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा यी १६ कम्पनीको बीमा कोषको आकार कूल ११ अर्ब ९१ करोड रुपैयाँ थियो ।

बीमाकोषको आधारमा सबैभन्दा बलियो सरकारी कम्पनी अर्थातर राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले उक्त कोषको आकार ९.७४ प्रतिशतले बढाई २ अर्ब ६६ करोड रुपैयाँ बढी पुर्याएको छ ।

त्यस्तै, शिखरको १ अर्ब ४१ करोड, नेकोको १ अर्ब ३७ करोड र सगरमाथाको १ अर्ब २२ करोड रुपैयाँ बढी बीमा कोषमा सञ्चित छ । जुन प्रतिशतको आधारमा क्रमशः १६.५८, २५.०२ र १७.८९ प्रतिशतले बढी हो ।

कुनको कति ? (सूचीसहित)

त्यसैगरी, एग्रेसिभ रुपमा कोषको आकार बढाउनेमा जनरल इन्योरेन्स देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा १४२.५७ प्रतिशतले बीमा कोष बढाई २४ करोड ६५ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित थियो ।

त्यस्तै, सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । २०७९ असारसम्म कम्पनीको कोषमा १६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । जुन २०७८ असारसम्मको तुलनामा ७७.१८ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीको कोषको आकार ९ करोड २७ लाख रुपैयाँ थियो ।

One comment on "नेकोले सर्वाधिक कमाउँदा सानिमा जनरलले ९८% ले बढायो नाफा, बीमा कोषमा जनरल एग्रेसिभ"

  • बुद्धिराज तिमिल्सिना says:

    सानिमा जनरल को आज सम्म न शेयर बोनस दिन्छ न लाभान्श केही छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.