२५ वाणिज्य बैंकको साढे ३६ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, दुईको किन भएन ?

  २०७९ साउन ३० गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २५ वटा वाणिज्य बैंकहरुको बोनस सेयर सूचीकृत भएको छ । वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

२७ वटा वाणिज्य बैंकहरुमध्ये २ वटा वाणिज्य बैंकको बोनस सेयर भने विभिन्न कारणले सूचीकृत भएको छैन् । एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत नभएको हो । अन्य वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट २५ वटा वाणिज्य बैंकहरुको ३६ करोड ४५ लाख ५५ हजार ८०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कुन बैंकको कति कित्ता ?

१. नबिल बैंकको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. एनएमबि बैंकको १२.५० प्रतिशत बोनस सेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशत बोनस सेयर बापतको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

७. नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बोनस सेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

१०. सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आव २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र बोनश सेयरको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. नेपाल बैंकको १४ प्रतिशत बोनस सेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यद्यपि नबिल बैंकसँग प्राप्ति भएपछि बैंकको सेयर नबिलको नाममा सूचीकृत भइसकेको छ ।

१४. लक्ष्मी बैंकको ८ प्रतिशत बोनस सेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१५. सनराइज बैंकको ६.६५ प्रतिशत बोनस सेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१६. सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१७. स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कूल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१८. नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८ प्रतिशत बोनस सेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता सेयर सूचीकृत भएको होे । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१९. बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२०. माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२१. मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२२. कुमारी बैंकको ६ प्रतिशत बोनस सेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२३. सिटिजन्स बैंक इन्टरनेशनलको १२.९१३ प्रतिशत बोनस बापतको १ करोड ६२ लाख ५०८.९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०८७ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२४. सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२५. हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस वापतको २ करोड २८ लाख ४३ हजार २४८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.६२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२६. एनआईसी एशिया बैंक
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको लाभांश रद्द गरेका कारण यसपटक शेयरधनीहरुले लाभांश पाएका थिएनन् । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद गरी कूल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले उक्त लाभांश रद्द गरेपछि नेप्सेमा सूचीकृत हुन सकेन ।

२७. राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत नभएकाले बैंकको बोनस सूचीकृत नभएको हो । बैंकले आर्थिक बर्ष २०७७/०७८ नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.