दुई हजार नजिक पुग्यो नेप्से परिसूचक, एचडीएलपछि नेपाल लाइफको सर्वाधिक कारोबार

  २०७९ साउन २९ गते १६:०६     विकासन्युज

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजार बिन्दु नजिक पुगेको छ । पछिल्लो केही दिनदेखि निरन्तर घटिरहेको परिसूचक आइतबार पनि घटेर २०१०.०१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा २७.९२ बिन्दु अर्थात १.३७ प्रतिशतले घटी हो ।

दिनभर निरन्तर रुपमा घटेको बजारमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२७ कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सर्वाधिक कारोबार हुनेमा हिमालयन डिष्टिलरी रहेको छ भने दोश्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन डिष्टिलरी (एचडीएल) को १६ करोड ५३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुबैको प्रतिकित्ता सेयर मूल्य घटेर क्रमशः ३५२६ र ६७१.९० रुपैयाँमा झरेको छ ।

त्यसैगरी, घटेको बजारमा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढेर
प्रतिकित्ता १५४.८० रुपैयाँ पुगेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर प्रतिकित्ता १०७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २३३.६८ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.