मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा विशेष छुट

  २०७९ साउन २९ गते १५:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ । बैंकले हिमाल र भिभान्ता डेन्टलसँग बैंककाच भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सेवामा छुट दिने सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.