बन्द भएका र आधा क्षमतामा चलेका औद्योगिक क्षेत्रहरु पूर्ण रुपमा सञ्चालन हुनुपर्छ : मन्त्री बडू

  २०७९ साउन २६ गते २०:००     विकासन्युज

काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले सम्पूर्ण औद्योगिक क्षेत्रहरु पूर्ण रुपमा सञ्चालन हुनपर्ने बताएका छन् ।

बिहीबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एंवम् नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी पत्र हस्ताक्षर समारोहमा आफ्नो धारणा राख्दै बन्द भएका र आधा क्षमतामा चलेका औद्योगिक क्षेत्रहरु पनि सञ्चालनमा आउनु पर्ने बताएका हुन् ।

सरकार र निजी क्षेत्रबीचमा सहकार्यको सुरुवात भएको बताउँदै उनले आयातलाई निरुत्साहित र निर्यातलाई प्रोहत्सान गर्न आवश्यक रहेको बताए ।

‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सक्छ, एफएनसीसीआईसँगको समझदारी पत्रले स्पष्ट मार्ग चित्र बनेको छ, अब एउटा परिणाममा पुग्न सक्छौं, यो साझेदारीपछि देखिने खालको परिणाममा पुग्न सक्छ,’ उनले भने ।

यससँगै निजी क्षेत्रको अपेक्षा पुरा हुने बताउँदै उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

‘भूमीको हदबन्दी पुनरावलोकन भएको छ, यसले पनि एउटा परिणाम दिन सक्छ, निर्यातलाई प्रोहत्साहन गर्न सरकारले विभिन्न सहुलियत दिएको छ, मुलुकको व्यापार घाटा कम गर्न सरकार लागि परेको छ,’ उनले भने ।

साथै, हाल उत्पादनको लागत कम गर्न एबल बिन्दु सेवा पनि सञ्चालन भइरहेको उनको भनाई छ ।

‘सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तयार छ, अब अविश्वासको वातावरणको अन्त्य हुन्छ, हामीले लिएको एजेन्डाहरु मिलेर गरे समग्र क्षेत्रलाई स्थानीय क्षेत्रदेखि नै चलायमान गर्नुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.