शेर्पा ब्राण्डको एग्रिकल्चरल टायरहरु छिटै बजारमा पाइने

  २०७९ साउन २६ गते १८:३०     विकासन्युज

काठमाढौं । ग्रिन टार्यसले आफ्नो नयाँ उत्पादन शेर्पा ब्राण्डकाे एग्रिकल्चरल टायरहरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो एग्रिकल्चरल सेगमेन्ट अन्तर्गत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भुमि, सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्नकाे लागि  प्रक्रिया अघि बढाएको हाे ।

उक्त मोडलहरु अन्तरगत कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको जानकारी दिएकाे छ ।

यस टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहनुका साथै बढि एनएसडि पनि रहेको कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार यस टायरमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको छ ।

निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं. २०७३ सालमा स्थापित ‘ग्रिन टायर उद्योगले विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गर्दै आएकाे छ । ४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख रहेको छ । यस कम्पनीले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.